लकडाउनमा अनलाइन क्लासवाट शिक्षक र विद्यार्थीबीचको प्रेम विवाहमा परिणत ।

भनिन्छ संसार नै प्रेममा अडिएको छ । हो पनि रहेछ, कुन बेला कोसंग अनायास प्रेम बस्छ थाहै हुन्न । त्यसको पनि कुनै ठेगान हुँदैन । हालै भारतमा एउटा अनौठो घटना भएको छ । अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच भएको प्रेम विवाहमा परिणत भएको छ ।

भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न थालेका थिए । अनलाईन क्लास सकिएपछि उनीहरुबीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे पछि माया पलायो ।

दिन बित्दै गए , पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायतमा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् । काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्डस्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *