कौसीमा फल्छ ड्रागन फ्रुट, यसरी गर्न सकिन्छ खेती

तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमीनको हिस्सा कम हुँदै गएको छ। उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरूले भरिएको छ। तर, उर्जाशील किसानहरूले यही कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन्।

पछिल्लो समय कोरोनाभाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकामा किसानहरू घरको छतमा तरकारी र फलफूल उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन्। बढ्दो शहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतीयोग्य जमीन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरू घरको छतमै फलफूल र तरकारी खेती गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन्।

वर्षेनी विदेशबाट हुने गरेको आयातलाई निरूत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सकिने उनको भनाइ छ।

खेतीयोग्य जमीन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरूमा मात्रै ड्रागन फ्रुटको खेती गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने ढकाल बताउँछन्। रोपेको एक वर्षपछि उत्पादन शुरू हुने ड्रागन फ्रुट स्याउ, सुन्तला, आँप कटहर खेतीभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *