भुलेर पनि गर्नु हुँदैन मंगलबारका दिन यी चार काम

काठमाडौं । हिन्दु धर्ममा सबै वारहरुमा कुनै न कुनै भगवानको विशेष आराधना गरिन्छ । हरेक वारको महत्व हुन्छ । आज आज मंगलबार भगवान गणेशको मुख्य दिन हो । मंगलवार हनुमानको पनि आराधना गरिन्छ । मंगलवार भगवान गणेशका दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।

करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुने विश्वास छ । हिन्दु धर्म शास्त्रमा जुनसुकै भगवानको पुजा गर्दा सबैभन्दा पहिला गणेशको आराधना गरिन्छ । गणेशको आराधना नगरी गरिएको पुजाको फल प्राप्त नहुने धार्मीक मान्यता छ । त्यसैले गणेश भगवान सबैभन्दा सर्वश्रेष्ठ हुन् ।

शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित पनि गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *