महिलाहरुको जुंगा पलाए के गर्ने ?

सामान्य त पुरुषको जुंगा पलाउनु त कुनै अनौठो कुरा होइन यधपी मंगोलियन समुदायका पुरुषमा भने सबैको दाहृजुँगा आउँदैन । तर, महिलाको जुंगाको रेखी देखियो भने कस्तो होला सुहाउने कुरै भएन । हो कतिपय महिला यसैकारण हैरान हुन्छन् सहरमा पो टोलै पिच्छे घरैपिच्छे ब्युटिपार्लरछन् र सजिलो छ । पार्लर गएर पनि हटाउन सकिन्छ ।

केही दिन बिराएर ब्युटीपार्लर धाउदै रौँ उखेल्नुपर्ने झन्झट उत्तिकै हुन्छ । तपाईं पनि यस्तै तनाव भोगिरहनुभएको छ भने घरमै फाल्नुहोस् नाकमुनिको रौ अर्थात जुँगा तपाइले घरमै यी बिधि अपनाउनुभयो भने सजिलै झण्झटबाट मुक्ति पाउनुहुन्छ ।

बेसन र बेसार
एक चम्चा बेसनमा एक चुट्की बेसार मिसाउने । थोरै दूध पनि मिलाएर पेस्ट तयार पार्ने । यो पेस्टलाई ‘अपर लिप’को माथिपट्टि लगाएर सुक्न दिने । अब, रगडेर सफा गर्दा रौँ उखेलिएर जान्छ ।

कागती र चिनी
आधा चम्चा कागतीको रसमा एक चम्चा चिनी मिलाउने । राम्रोसँग फिटेर तयार भएको मिश्रण नाकमुनि रौँ पलाएको भागमा लगाउने । केही बेरपछि रगड्दा रौँ सफा हुन्छ ।

दूध र बेसार
राति सुत्नुअघि ‘अपर लिप’मा दूध र बेसारको पेस्ट बनाएर लगाउने । भोलिपल्ट बिहानै धुने । नियमित यसो गर्दा रौँ हुन पाउँदैन ।

पिठो र दही
चामलको पिठो र दहीको पेस्ट तयार पार्ने । अनावश्यक रौँ पलाएको ठाउँमा लगाउने । सुकेपछि रगडेर फाल्ने, रौँ पनि सँगै फालिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *