दुःखद खबर; कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दु’र्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घा’इते

दुःखद खबर; कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दु’र्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घा’इते
धनगढी : कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन्।


सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला** उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घाइते रहेको बताइएको छ। अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *