‘फुलबुट्टे सारी’बाट चर्चामा आएकी मालिका सुन्दर तस्बिरहरु हेर्नुहोस् ।


पछिल्लो समय नायिका मलिका महतको चर्चा ह्वात्तै बढेको छ। उनी अभिनित ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि उनको चर्चा चुलिएको हो। त्यसपछि उनको माग म्युजिक बजारमा पनि बढेको छ।

त्यस्तै उनले अभिनय गरेको ‘टाढा भए पनि’ बोलको फिमेल भर्सनले युट्युबमा नयाँ रेकर्ड राखेको छ। उक्त गीतले सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज पाएर नयाँ रेकर्ड कायम गरेपछि झन् मलिकाको भुईमा खुट्टा छैन।यो समाचार तयार पार्दासम्म यो गीतको भिडियोले युट्युबमा १८ लाख बढी भ्युज पाइसकेको छ। यस गीतमा पल र मलिकालाई प्रेमी प्रेमिकाका रुपमा देख्न सकिन्छ।


अहिले म्युजिक भिडियोमा पल र मलिकाको जोडीलाई दर्शकले खुबै मन पराउन थालेका छन्।२०७५ साल चैत्र २९ गते रिलिज भएको फिल्म ‘यात्रा’ बाट मलिकाले चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। फिल्म ‘यात्रा’ व्यवसायिक रुपमा औषत सफल भएपनि मलिकाको अभिनयको खासै चर्चा भएन। तर लकडाउनपछि उनको व्यापक चर्चा हुन् लागेको हो।



लोभलाग्दो जिउडाल र सुन्दर मुहारकी मलिका इन्स्टाग्राममा सक्रिय छिन्। उनले अपलोड गरेका फोटो तथा भिडियोले सामाजिक सञ्जालमा राम्रो चर्चा पाउँछ।वर्कफ्रन्टको कुरा गर्ने हो भने मलिकाको फिल्म ‘पानी फोटो’ पोष्ट-प्रोडक्शनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *