मन्त्रीमाथि कर्णालीमा काँग्रेसले लगायो १३ बुँदे आचारसंहिता ,के छ यस भित्र ?

कर्णालीमा नेपाली कांग्रसेले सरकारमा सहभागि हुने आफ्ना मन्त्री माथि १३ बुँदे आचारसंहिता जारी गरेको छ। कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले शनिबार मन्त्रीहरुका लागि आचारसंहिता बनाएको हो । कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरेको छ । दुबै मन्त्रीको आईतबार सपथ हुने बताइएको छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको बताए ।

केछ आचारसंहितामा ?
१३ बुँदे आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउने उल्लेख छ ।
यस्तै, सरकारमा सहभागीले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । यस्तै, मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *