गण्डकी प्रदेशमा कोरोनाबाट थप १५ जनाको मृत्यु, ५६६ संक्रमित थपिए

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १५ जनाको मृत्यु भएको हो । शुक्रबार प्रदेशमा १० जनको मात्र मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा विभिन्न जिल्लामा शनिबार १५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्कीमा ७, बागलुङ १ तनहुँ १,लमजुङ ३,पर्वत १ म्याग्दी १ र गोरखामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *