जसपाका मन्त्रीको जीवनी : मण्डल र गच्छदारका कार्यकर्तासम्म !

केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहबाट शुक्रबार १० जना सामेल भएका छन् । तीमध्ये आठ मन्त्री र दुई राज्यमन्त्री छन् । सरकारमा सामेल भएकामध्ये कतिपयसँग विगतमा पटक–पटक विभिन्न मन्त्रालय सम्हालेको अनुभव छ भने केही नयाँ अनुहार, जसलाई आम मानिसहरुले खासै चिनेका छैनन् ।

ओली सरकारमा सहभागीमध्ये राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विदेश सम्बन्धमा महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी चाहिँ रघुवीर महासेठले पाएका छन् । प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री बनाइएको हो ।त्यसैगरी शरतसिंह भण्डारी उर्जामन्त्री बनेका छन् । अनिल झाले खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।

प्रेम आलेलाई वम मन्त्रीबाट हटाएर उमाशंकर अरगरियालाई ल्याइएको छ । डा. शविमाया तुम्बाहाम्फेलाई हटाएर भूमि व्यवस्था मन्त्रीमा लक्ष्मणलाल कर्णलाई ल्याइएको छ ।चन्दा चौधरीलाई महिला मन्त्री बनाइएको छ भने विमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री र एकवाल मियाँलाई युवा तथा खेलकूदमन्त्री बनाइएको छ । चन्द्रकान्त चौधरी र रेनुका गुरुङ जसपाका तर्फबाट राज्यमन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *