ह्वात्तै ४५ प्रतिशतसम्म मूल्य वृद्धि भयो तेलमा ।

उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७/७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिनुभयो ।सूर्यमुखी तेल उत्पादन गर्ने चार र तोरी तेल उत्पादन गर्ने दुई उद्योगको कागजात अध्ययन गरेको कार्यालयले चालू आवको साउनमा आयात गरिएको कच्चा पदार्थ (क्रुड आयल) र गत वैशाखमा त्यही आयात गर्दा परेको मूल्यको अन्तर प्रज्ञानपत्रका आधारमा अध्ययन गरेको छ ।

चालू आवको साउनमा प्रतिलिटर ९४ देखि १०१ रुपियाँ मूल्यमा आयात गरिएको कच्चा पदार्थको गत वैशाखमा प्रतिलिटर १४४.६७ देखि १६५.८२ रुपियाँ मूल्य परेको अध्ययनका क्रममा देखिएको छ ।करिडोरको स्वस्तिक आयल इन्डस्ट्रिजले साउनमा १०१ रुपियाँमा कच्चा पदार्थ आयात गर्दा तेलको मूल्य १९० रुपियाँ कायम गरेको थियो । त्यही उद्योगले गत वैशाखमा प्रतिलिटर १६२ रुपियाँमा कच्चा पदार्थ आयात गर्दा हालको तेलको मूल्य प्रतिलिटर २७५ तोकेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा ६०.३९ प्रतिशत मूल्य वृद्धि भएका कारण ४४ प्रतिशतले प्रशोधित तेलको मूल्य बढेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *