शरिरको अनावश्यक बोसो घरेलु तरिकाबाट यसरि धटाऊनुहोस ।

बदलिदो जीवनशैलीका कारण मानिसहरुका शरीरमा फ्याटको स्तर बढ्दै गएको छ। यस बोसोले शरीरलाई ठूलो नोक्सान पुर्‍याउने थुप्रै रोगहरू निम्त्याउँछ। अधिक बोसोले मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी रोगहरूको जोखिम बढाउँदछ। दुबै पुरुष र महिलाहरूमा पेट तथा लम्मर वरिपरी बोसो बढ्ने समस्या धेरै देखिन थालेको छ।

कम्मर वरिपरिको बोसो स्वास्थ्य को लागि धेरै खतरनाक मानिन्छ। यदि यो सहि समयमा नियन्त्रण गरिएन भने शरीरका धेरै अंगलाई प्रभावित गर्न सक्छ। यस प्रकार बोसो कम गर्न कुनै चमत्कारिक तरीका चाहिंदैन, किनकि यो जति चाँडो जम्मा हुन्छ, त्यति नै चाँडो कम गर्न सकिन्छ।व्यायाम र सन्तुलित आहार यसको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो, तर केहि तरिकाहरू छन् जसले गर्दा छोटो समयमा आफ्नो बोसो कम गर्न सकिन्छ।

एक गिलास पानीमा १-२ चम्मच एप्पल साइडर भेनेगर मिसाएर यसलाई खाना खानु अघि पिउँदा पेट र कम्मरमा जम्मा भएको बोसो कम गर्न मद्दत गर्छ। खानु भन्दा पहिले यसलाई पिउँदा हाम्रो शरीरको चिनीको मात्रा पनि सन्तुलित हुन्छ जसले भोक कम गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *