प्रधानमन्त्री ओलीलाई केटी मैले नै मिलाई दिएको हुँ भन्छन् सुरेन्द्र पाण्डे ।

नेकपा नेता सुरेन्द्र पाण्डेले केपी शर्मा ओली र राधिका शाक्य बीचको विवाहको विषयमा रोचक खुलासा गरेका छन् । एपीवान टिभिको लोकप्रिय कार्यक्रम तमसोमा जोतिर्गमयमा टिकाराम यात्री सँग कुरा गर्दै पाण्डेले आफुले ओलीलाई केटी राधिका मिलाई दिएको खुलासा गरे ।प्रस्तोता यात्रीले पार्टी जन्माको हुर्काको सबै कोडिनेसन माले हुदै नेकपा केन्द्र सम्मको केपि ओली भन्दा पुष्पकमल दाहाल प्यारो भयो हैन भन्ने प्रश्नमा नेता पाण्डेले सो कुराको खुलासा गरेका हुन्।

उनले भने प्यारो नजिकको कुरा गर्नुहुन्छ भने केपिको केटी मागि दिएको मैले उहाँ जेलबाट छुट्नुभयो, राधिकाजी बिहे नभएर बसिरहनुभएको थियो ।हाम्रो जिल्लाको पार्टी कमिटिको सदस्य हुनुहुन्थ्यो । मैले बिहे गर्ने ? भनेर सोधें । त्यो बेलामा पार्टीको के चलन थियो भने पार्टीका नेता जस्तो बिहे भएको छैन, केटा वा केटी जोडाइदिने कर्तव्य पनि पार्टीको हुन्थ्यो। कसैले आफै मायाप्रेम गर्ने र बिहे गर्न स्वीकृति माग्थे ।

मैले केपी कमरेडलाई सोधें । गर्ने केटी पाएदेखि भन्नुभयो उहाँको त्यही ठट्यौलो शैलीमा ।मैले भिन्न प्रसंगमा लगेर राधिकालाई देखाइदिएँ । उहाँले हुन्छ भन्नुभयो । मैले राधिकाजीलाई पनि सोधें फलानोसँग बिहे गर्ने हो ? भनेर । पहिला पनि मैले सोध्दा नाई भन्नुहुन्थ्यो । केपीको नाम लिएपछि बोल्दैबोल्नुभएन् । भनेपछि मन परेछ भन्न बुझ्न्पर्यो । त्यसो भाकोले हामी त एउटै ठाउमा एउटै थालमा भात खाएरै हुर्किएका हौनी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *