बो-ल्ड फोटोशुट म्यागजिनको लागि रिहाना आफैले गरिन । बजार तातेको अबस्था छ ।

हलिउड गायिका रिहाना संसारको सबैभन्दा चर्चित गायिका हुन्। रिहानालाई संसारभरि नै मानिसहरूले मन पराउँछन्। उनी विश्वका प्रभावशाली व्यक्तिहरू मध्ये एक हुन् । यद्यपि रिहाना जहिले पनि खबरमा रहन्छिन् तर यसपटक भने उनी आफ्नो नयाँ फोटोशुटको कारण चर्चामा छिन्।

रिहाना ‘वोग इटालिया’ म्यागजीनको जून कभरमा छाएकी छन्। यस म्यागजीन शूटमा खास कुरा यो हो कि रिहानाले सबै आफुले नै गरेकी हुन्। भोग इटालियाले जुन २०२१ मा आफ्नो इशूलाई ‘डु इट योरसेल्फ’ नाम दिएको छ। यसको म्यागजीनको डायरेक्टर इमानुएल फरनेटिले पहिलोपटक कभर स्टार आफैले सबै कुरा गरेको कुरा बताएकी छन्।

इमानुएल फरनेटिले आफ्नो इशुको बारेमा भनिन् ,”हामीले यस वर्ष आफ्नो कभर अलग तरिकाले प्रस्तुत गर्ने कोसिस गरेका छौँ। तर पहिलोपटक हामीले आफ्नो कभर स्टार आफैलाई पोज गर्नदेखि फोटो खिच्न र कपडा चुन्न वा सबै गर्न भनेका हौँ। यसको लागि रिहानाभन्दा राम्रो अरु कोहि हुन् सक्दैन। उनी हाम्रो म्यागजीनको कभरमा थुप्रैपटक छाईसकेकी छन तर यस रुपमा कहिले देखिएकी छैनन्। यस कभर फोटोशुटमा उनले आफुलाई बिना कुनै फिल्टर र मेडिएशनमा देखाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *