‘नेपाल भेरियन्ट’कोरोनाको हल्लाले विश्वभर डर र तहल्का ।


काठमाडौं । बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दावी गरेपछि नयाँ तरंग ल्याएको छ । ट्याबलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाल बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो । नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लागाएको समाचारमा दावी गरिएको छ ।

नयाँ भेरियन्ट भेटिएको दावी नेपालका स्वास्थ्य अधिकारीहरुलाई समेत आश्चर्यको विषय बन्यो । ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्य चकित भएका छौं’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल भन्छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख समेत रहेका डा. पौडेल इन्टरनेशनल हेल्थ रेगुलेसनका फोकल पर्सन पनि हुन् ।

नयाँ भेरियन्ट भेटिँदा उनलाई खबर हुनुपर्ने हो । तर एकै पटक सञ्चारमाध्यममा नेपाली भेरियल्ट भनेर आएपछि स्वास्थ्य मन्त्रालयले बेलायतको इन्टरनेशनल हेल्थ रेगुलेसनसँग यथार्थ जानकारी गराउन आग्रह गर्दै इमेल लेखेको छ । बेलायतबाट नयाँ अपडेट नआउँदासम्म नयाँ भेरियन्ट भेटिएको कुनै प्रमाण हालसम्म छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल भन्छन, ‘यहाँबाट गएकाहरुमा (बी १.६१७.२) डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं ।

नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन ।’ उनका अनुसार नेपालमा कुन भेरियन्ट फैलिएको छ भनेर पत्ता लगाउन नियमित जिन सिक्वेन्सिङ भइरहेका छन् । र, नयाँ भेरियन्ट भेटिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *