गण्डकी प्रदेशको ताजा अपडेट कोरोना संक्रमणले थप १६ जनाको मृ”त्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृ”त्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा ४, तनहुँ २, नवलपरासी पूर्व ४,पर्वत १, म्याग्दी १,स्याङजा ३, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–५ की ७२ वर्षीय महिला, पोखरा–१३ का ४८ वर्षीय पुरुष, कास्कीका माछापुच्छ्रे–२ का ६३ वर्षीय पुरुष, रुपन्देही तिलत्तोमा–१७ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी नवलपरासी पूर्व,कावासोती–२ का ३८ वर्षीय पुरुष, गैडाकोट–१२ की ६८ वर्षीय महिला, बिनयत्रिवेणी –२ का ८० वर्षीय पुरुष, विनयत्रिवेणी–६ का ७३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी–७ की ७५ वर्षीय महिला र शुक्लागण्डकी–७ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *