घरमै बसेर कोरोनाले फोक्सोमा असर पारेको छ कि छैन हेर्नुहाेस् पत्ता लगाउने विधि ?

लगातार बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमण अहिले विश्वकै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।

संक्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ । यो भाइरसले विशेष गरेर स्वास्थलाई गहिरो रुपमा असर पुऱ्याइ रहेको छ ।

नेपालमा समेत संक्रमण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्पतालहरुमा बेड खाली नभएका समाचारहरु सार्वजनिक भइरहेका छन् भने अक्सीजनको अभावका कारण बिस्तारै मृत्युदर समेत बढ्न थालेको छ ।

संक्रमणका कारण मृत्युको तथ्यांक पनि बढ्न थालेको छ । विभिन्न स्थानहरुमा संक्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकिरहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिसहरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छन् । विशेषज्ञका अनुसार यस प्रकारको उपायबाट आफ्नो स्वास्थ्य र शरीरमा अक्सीजनको स्थितिका बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशेषज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिसहरुमा सास सम्बन्धि धेरै समस्या देखिएको छ ।परीक्षणको अभावमा धेरै मानिसहरुलाई संक्रमण भएको धेरै समयसम्म पनि थाहा हुँदैन र अचानक उनीहरुलाई समस्या भएको महसुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सीमीटरको उपयोग गर्दै शरीरमा अक्सीजन सेचुरेशनको परीक्षण गरिरहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिसलाई कोरोनाको लक्षण महसुस भइरहेको छ, उसको प्रारम्भिक रुपमा घरमा नै आफ्नो स्वास्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि सबैभन्दा पहिला अक्सीमीटरको प्रयोगले सेचुरेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोक|कन सामान्य गतिमा हिंड्नु पर्छ । ६ मिनेटपछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति सावधान हुनु आवश्यक पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सीमीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्षणमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सोको समस्या र शरीरमा अक्सीजनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्षण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनुसार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्रकारको परीक्षण गर्न सक्छन् । यस प्रकारको परीक्षणको माध्यमबाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ ।

थप समाचार

सन् २०१७ मा अर्कै ग्रहका एलियन पृथ्वीमा घुम्न आएका थिए ?

प्रख्यात भौतिकशास्त्री स्टेफन हकिङसँग समेत काम गरिसकेका हार्वर्ड विश्वविद्यालयका एक प्रमुख वैज्ञानिकले २०१७ मा अर्कै ग्रहका एलियन पृथ्वीमा आएको दावी गरेका छन् ।

उनका अनुसार एलियनहरु पृथ्वीमा आएका थिए तर पृथ्वीका वैज्ञानिकहरुले यो घटनालाई बेवास्ता गरेका थिए ।

प्रोफेसर एवी लोएबले एक नयाँ किताबमा यस्तो दावी गरेका हुन् । डेलीमेलका अनुसार प्रोफेसर लोएबले नयाँ किताब ‘एक्स्ट्राटेरेस्ट्रियलः द फर्स्ट साइन अफ यन्टेलिजेन्ट लाइफ बियोन्ड अर्थ’ नामक पुस्तकमा यस्तो दावी गरेका हुन् ।

५८ वर्षका इजरायली–अमेरिकी वैज्ञानिक लोएबका अनुसार ४ वर्ष पहिले क्टोबर २०१७ मा एक असामान्य आकारको वस्तु देखिएको थियो तर वैज्ञानिक सदुदायले त्यसलाई गलत बुझे ।

त्यतिबेला एक अत्यन्तै तीब्र गतिले उडिरहेको चीजको जानकारी प्राप्त भएको थियो । यसको गति यति अधिक थियो कि यसलाई हेरेर यो कुनै अन्य ग्रहबाट पृथ्वीसम्म आएको जस्तो लाग्थ्यो । तर, कैयौं अन्य वैज्ञानिक र भौतिकशास्त्री प्रोफेसर लोएबसँग सहमत छैनन् । एस्ट्रोफिजिसिस्ट एथन सीगनले फोर्ब्समा लेखेका छन् कि लोएब एक प्रतिष्ठित वैज्ञानिक थिए तर उनले आफ्ना साथी वैज्ञानिकहरुलाई आफ्नो तर्कबारे सहमत गराउन सकेनन् ।

प्रोफेसर लोएबले भने रुढीवादमाथि प्रश्न उठाउनेहरुलाई सजाय दिने परम्परा भएको र आफू यो परम्पराको विरोधी भएको बताएका छन् । ग्यालिलियोले पहिलो पटक ब्रह्माण्डको केन्द्र पृथ्वी नभएको बताउँदा उनलाई पनि सजाय दिइएको लोएबको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *