कैलालीमा २१ गतेबाट निषेधाज्ञा खुकुलो पार्ने तयारी ।

कैलालीमा २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । २० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले २१ गतेदेखि केही खुकुलो बनाउने तयारी गरेको हो ।


जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले निषेधाज्ञाको प्रारुप परिवर्तन गर्ने तयारी भइरहेको बताउँदै भने, ‘अहिले नै मोडालिटी तयार भएको छैन् ।’ उनका अनुसार प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।

थप यो पनि पढ्नुहोस् :-

सुदूरपश्चिममा कोरोना संक्रमितको दर कमी।

पछिल्लो कहि दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्दो अवस्था देखिएको छ । सुदूरपश्चिम प्रदेशमा एकै दिन ३१ जना सम्म संक्रमितले ज्यान गुमाएका थिए ।

सबैभन्दा धेरै वैशाख २८ गते ३१ जना र वैशाख ३१ गते प्रदेशमा ३० जना संक्रमितले ज्यान गुमाएका थिए । दुई अंकमा रहेको कोरोना संक्रमितको मृत्युदर पछिल्लो ६ दिन यता एक अंकमा झरेको छ । शुक्रबार प्रदेशमा ३ जनाले मात्रै ज्यान गुमाए । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि यो सबै भन्दा कम हो ।

गत मंगलबार ९ जना, बुधबार ५ जना, बिहीबार ९ जना, शनिबार ७ जना र आइतबार ८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म प्रदेशमा ४९५ जनाको मृत्यु भएको छ भने, पछिल्लो ६ दिनमा ४१ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो अवधिमा मृत्युदर मात्रै होइन संक्रमितहरुको संख्या पनि केहि कम भएको निर्देशनालय तथ्यांकमा उल्लेख छ । मंगलबार प्रदेशमा ५३४ संक्रमित फेला परेका थिए । बुधबार ३१६, बिहीबार ३३२, शुक्रबार ३२४ शनिबार ३४० र आइतबार ३१२ जनामा संक्रमण पुष्टि भयो । सुदूरपश्चिम प्रदेशमा विगतमा भन्दा अहिले कोरोना संक्रमितहरु निको भइरहेका छन् । ६ दिनमा २ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय ३० निको भएका छन् । शनिबार सबै भन्दा धेरै १ हजार ४५ जना निको भए । शुक्रबार ८९३, बिहीबार ५६९, बुधबार ३६२ मंगलबार ६९७ र सोमबार ७० जना निको भए । हाल सम्म प्रदेशमा २३ हजार ७ सय ८१ जना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *