कोरोनाको लहर घट्ने क्रममा मात्रै पनि उपत्यकामा थपिए १,२६३ जना संक्रमित ।

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *