लुम्बिनीमा पनि एमालेलाई झड्कादिदै, उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी हुदाको अवस्था ।

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उप निर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ ।यस्तै जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निदान नभएसम्म महन्थ ठाकुर पक्ष सरकारमा नजाने भएको छ ।

अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जारी बैठकमा अध्यक्ष ठाकुरले पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पारेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *