भ्रममा समचार ,नेपाल-चिन सिमाना बिचको ६० नम्बर पिल्लर कहाँ गयो ।

बिगु गाउँपालिका–१ लामाबगरमा(दोलखा) रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् ।

युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ६० नम्बर पिलर हराएपछि चीनले १०.५ मिटर अगाडि नेपालपट्टि नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।

चीन तिब्बतको टिङ्रीस्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुन सक्ने स्थानीयको भनाइ छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भए पनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *