मैले तिरेको करले देशलाइ बचाएछ तर देशले मेरा बा आमा लाई बचाउन सकेन ….

म अपराधी  हु
मैले आफू ले आफै लाई हत्या गरेको छु
ए मेरो देश मलाइ सजाय दिए हुन्छ  म भोग्न तयार छु मैले एक चेलीको बलात्कार गरेर हत्या गरेको भन्दा नि ठूलो बलत्कार र हत्या त मैले मेरा  आफ्ना बुबा आमाको सपनाको  गरेको छु ।
हिजो हुर्काउन र पढाउन आफ्नो शरीर खियाउने मेरा यी बुढा भएका आमा बुबा नै हुन र आज आफ्नो शरीर खियाउन म देश र मेरा देउता जस्ता बाबा आमा लाई चट्टकै छोडेर खाडी छिरेको छु , तर अपसोच मैले खाडिबाट पैसाको बाढी ल्याउन भन्दा पहिला नै मेरा बुबा आमा लाई देश को भोकमरी र महामारिले बगाएछ ।
मलाइ याद छ बा आमा तिमिलाइ पठाएको पैसाले तिरेको कर ले मैले देश लाई बचाएछ मेरो  देशको कुर्चिमा बसेकाहरुको परिवार लाई  बचाएछ तिनिहरुको सपनालाई  बचाएछ तर हेर्नु आमा मैले  पसिना बगाएर कमाएको पैसाले यति धेरै लाई बचाउदा  आज आफ्नै आमा बुबालाइ  देश ले बचाउन सकेन्न छ ।
दिन रात कुटो कोदालो गरेर कमाएको मेरा बा को  पैसाले मैले करोडौ पर्न प्रमाणपत्र र सटिपिकेट किनेको थिए , बा ले दिन रात बाकस भरी राखेका मेरा प्रमाण पत्र मुसार्दै भन्नू हुन्थियो यी ठेला उठेका हातले नरम जस्ता छोराका योग्यताका शिखर छुदानी मलम लगाए जस्तै हुदो रै छ भनेर तर बा तिमिले देखेका योग्यताका शिखर चुम्ने प्रमाण पत्रले मलाइ खाडी पठाएर आज तल तल गाडिरहेछ ।
बा मैले सब थोक भुलेर दिन रात पढेर लोकसेवा गरे तर मेरो देशले मेरो लागि कुनै कोटा र ठाउँ छुटाएको थिएन , सायद मैले सोचेको थिए म नै कमजोर थिए होला मैले राम्रो गरेको भए मैले पनि कुनै सरकारी जागिर खान्थिए होला तर बल्ल बुझे बा मैले देखेको सपना किन्न लाई त प्रमाणपत्र र योग्यता होइन पैसा चाहिदो रहेछ । सायद त्येही दिन देखि होला मेरा बाकसमा थुपारेका योग्यताका पत्रहरु ले कहिलै आफ्नो देश बोलाएन्न ।
मेरो देश लाई देश भन्न पनि घिन लाग्छ मेरो देश लाई चलाउने ती घिन लाग्दा अनुहार देख्दा मलाइ भित्रै देखि रिस उठेर आउँछ आज मैले तिरेको कर ले मन्त्रीकि पत्नी लाई बचाएछ , मैले तिरेको करले नेताको भतिज लाई बचाएछ तर मैले तिरेको करले मेरा भोकाभएका बुढा बा आमा लाई बचाउन सकेनछ ।
धिकार लाग्छ अनि दिक्दार लाग्छ बा आमा आज आफुले आफू लाई छोरा सम्झेर बा आमा लाई बचाउन नपाउदा , खोइ कुन्नी कति करोड हो कि अर्ब हो ले खोप किनेर गाउँ गाउँ बस्ती बस्ती मा बाडदै थियो रे सरकारले तर खोइ कस्ले आएर सुनाइदियो खोपको नाम मा भस्ट्चार भएको छ रे भनेर अनि बल्ल आशा मर्यो कि मेरो गाउँ गाउँ बस्ती बस्ती मा होइन नेता र मन्त्रीको घर घर मा पुगेको रै छ भन्ने । सायद मेरि आमा कोरोनाले मरेको भए मलाइ कुनै दुख थिएन सायद मेरा बा भिर बाट लडेको भए मलाइ कुनै दुख थिएन तर मेरा दुबै बा आमा महामारिमा भोकमरी सङ्ग लड्दा लड्दै मरेछ्न ।
देश तिमी भए म हुनेछु र देश तिमी नरहे म पनि रह्ने छैन तर जुन दिन सम्म यस्तै राजनीति गर्न दलाल मिलेर चलाउनेछ्न त्यो दिन मेरो देश रहला तर म रहने छैन । याद गर्नु म जस्तै पिडामा पीडा खपेका मेरा दाजु भाइहरु दुई दिनको लागि नोट मा बिकेर जिन्दगी भर भिकारी नभन्नु होस बरि दुई दिन भिकारी भएर राम्रो लाई जिताउनु अबस्य एक दिन आफ्नै देश मा केही गर्न सक्नु हुनेछ , एक दिन मासु भात खुवायो भनेर नजिताउनु होस मेरा देशबासीहरु जिन्दगी भर नुन सङ्ग भात खानु पर्ला बिचार गरौ समयमा नै हाम्रो देश हामिले नै बनाउने हो कुनै राजनीति दलालीले होइन , यो सोचेर अगाडि बढ्नु होस कि मेरो देश म सङै छ र म मेरो देश सङ्ग नै छु र मलाइ गर्व लाग्छ म मेरो देश नागरिक हुदा भनेर छाती फुलाएर हिड्ने दिन हर्न आशा छ ।

धन्यवाद
एक सेयर देश को लागि र मेरो लागि
लेखक : Anmoal lamichhane
Pokhara

Leave a Reply

Your email address will not be published. Required fields are marked *