कोरोना संक्रमितको दैनिक सङ्ख्या घट्दै ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १ हजार ७८४ जनाको एन्टीजिन परिक्षण गर्दा कुल ४ हजार ३६९ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख ५७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *