बादी समुदायलाई रोगभन्दा भोकले मरिने चिन्ता

हाकिम सा’ब हुनुहुन्छ ?’ यो प्रश्न गर्दै ,धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयको गेटमा उभिएकी एक महिलाले मलिन स्वरमा सुरक्षाकर्मीलाई सोधिन् ।डिउटीमा खटिएका सुरक्षाकर्मीले प्रतिप्रश्न गर्दै एकसाथ सोधे, ‘किन र ? के चाहियो ? कहाँबाट आउनुभएको तपाईं ?

महिलाले स्पष्टीकरण दिंदै भनिन् ‘केही सहयोग मिल्छ कि भनेर हाकिम साहेबलाई भेटनुपर्ने थियो हजुर ।’ बादि समुदाय मारमा छ
ती सुरक्षाकर्मीले कार्यालय प्रमुख बैठकमा रहेको बताएपछि महिला कार्यालय परिसरमै रहेको आँपको रुखको छहारीमा बसिन् । असिनपसिन अवस्थामा लामो सास फेरिन् । उनीसँगै अन्य दुई जना महिला पनि थिए ।

बिहीबार दिउँसो करिब साढे १२ बजेतिर कैलालीको गोदावरी नगरपालिका–३ मा पर्ने पूर्व–पश्चिम राजमार्गको छेउमा टहरा बनाएर बस्दै आएका गीतादेवी बादी, कैलाशीदेवी बादी र सीतादेवी बादी प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

निषेधाज्ञाका कारण दैनिक गर्दै आएको ज्याला–मजदुरी समेत छुटेपछि उनीहरू साँझबिहानको छाक टार्न यसरी नै सरकारी कार्यालय चाहार्दै हिंडेका छन् । गाउँघरमा अन्नपानी माग्न जाँदा कोरोना संक्रमण हुने भन्दै मानिसले सहयोग पनि नदिंदा उनीहरू सरकारी कार्यालयबाट सहयोग पाइन्छ कि भनेर धाउन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *