आत्महत्या कथा भाग ५,६ एक चोटि पढेर साथ दिनु होला

कथा : आत्महत्या
भाग : ५,६
लेखक : अनमोअल लामिछाने ( Anmoal Lamichhane )
ठेगना : पोखरा

म केही बोलिन चुपचापले हेरिरहे उ केही बोल्न खोजेकी थिइन तर केही बोल्न सकिन्न ।म आफै मन भित्र को डर लुकाउन खोज्दै केही शब्द निकाले । स्नेहा के भयो किन नबोलेको
उस्ले अतीत तिमी ले गरेको कुरा ले धेरै मन छोयो हरेक केटा को सोच तिमी जस्तै होस
तिमी ले जसरी केटि हरु लाई इज्जत गर्छौ त्यो इज्जत हर केटा ले केटि लाई गरोस ।
सबै ले यसरि सोच्ने हो भने केटि हरु को इज्जत लुटिने थिएन ।
धन्यवाद भगवान उसले यति मात्रै सोच्न सकिछ्न नत्र उस्को अङगालो मा म बाधिने बितिकै आएको भए उस्को मन मा माया को ज्वालमुखी फुटेर आँसु को खरानी उठ्थियो होला आँखा भरी ।
कला ले अतीत म आज बाट यो कपडा लगाउदिन सरि अतीत ।
मैले जवाफ दिए सरि मलाइ होइन तिम्रो सोच लाई भन्नू पर्छ जस्ले तिमी भित्रको अन्धो समय र सोच लाई नङ्गाएर बाहिर निकादिएको छ ।
मैले भने अब जाउ अफिस ,
हुन्छ भनेर सबै जना अफिस मा छिरौ ।
मैले कला लाई हेरेको थिए मलाई लागेको थियो कला लाई कस्तो महसुस भएको छ बिचरा कला लाई सबै जना ले हेरिरहेका थिए म केही बोल्न सकिन र बोल्ने ठाउँ पनि थिएन ,
ठाउँ त थियो एउटा दाइ को नाता र सचेत नागरिक को नाता ले तर के गरु अरु अस्तित जोगाउन यहा आफ्नो अस्तित को बलि चढाइदिनु पर्छ ।
सायद कला ले मैले भनेको अघि को कुरा याद गरेकी होलिन । मैले मन मनै भने केटाहरु कति निर्दयी र खराब सोच्का हुन्छ्न है कोहि केटि ले केही छोटो कपडा लगाएर हिड्नु पर्छ पिछा गर्न थालिहाल्छ्न । तर वास्तमा त्यो कपडा छोटो होइन हेर्न मान्छे को सोच छोटो थियो उसको नियत छोटो थियो । यो बाहेक अरु भन्न र गर्न पनि सकेन मेरो मन ले ।
कला र स्नेहा आफ्नो कोठा मा गए म सोधै मेनेजर भएको ठाउँ मा गए ।
सर गुड मरिङ्
सर ले गुड मरिङ् अतीत आउ भित्र कस्तो चल्दै छ काम के भएको छ ,
सर ले सोध्नु भयो मैले जवाफ दिए सर बल्ल दुई दिन त भयो अफिस जोइन भएको पहिला सबै कुरा बुझेर मात्र काम मा हात हाल्छु सर , सर ले ठिक छ अतीत के काम ले मलाइ भेट्न आयौ । मैले सर हामी लाई दुई चार दिन सबै मार्केट र तेस सम्बन्धि केही जानकारी दिनु पर्छ ।
हामी लाई कुन ठाउँ केही थाहा छैन ।
सर ले कला ले सबै ठाउँ र सबै कुरा को जानकारी दिन्छिन तिमी उसलाइ गएर भेट्नु ।
हुन्छ सर थ्याङ्क्यु भनेर बाहिर निसक्न खोजेको थिए सर अतीत सुन त स्नेहा लाई पनि बोलाएर लैजाउ है ।
हुन्छ सर भनेर बाहिर निसिकिए ।
अनि सिधै कला भएको कोठा मा गएर , कला सर ले मलाइ मार्केट को बारेमा जानकारी कला ले दिन्छिन भनेर पठाउनु भएको तिमी सङ् कति बेला समय हुन्छ ।
कला ले म फिरि भएसि हजुर लाई कल गर्छु है तिमी ले पोखन सहयोग गर्छौ नि भनेर हास्दै प्रशन गरे ।
उस्ले हुन्छ आउ बस भनेर कुर्सीमा बस्न आग्रह गरिन ।
म केही अप्ठ्यारो नमानी बसे ।
अनि भने स्नेहा साच्चिकै भन्नू पर्दा म तिमी लाई धेरै माया गर्छु र मन पराउछु के तिमी ले मलाइ माया गर्छौ नि ।
उस्ले अतीत तिमी ले के भन्दै छौ तिमी लाई राम्रो सङ्ग थाहा छ नि ।
मैले हो स्नेहा म तिमी लाई प्रेम गर्छु र तिमी सङ्ग नै हुन चाहान्छु । जब तिमी लाई देखे यो मन तिम्रो मात्रै हुन खोजेको छ ।
अब आफै भन म के गरु जब तिमी लाई नदेख्दा मन मा धेरै पीडा हुन्छ कतै केही हुने हो कि भनेर
उस्ले अतीत हामी भेट भएको जम्मा दुई चार दिन भएको छ यति छिटै कसरी हामी यस्तो कुरामा निर्णय लिन सक्छौ ।
मैले भने निर्णय मेरो मन को थियो र तिमी लाई भनेको छु यदि तिम्रो मन ले मेरो निर्णय मान्दैन भने ठिक छ म आज बाट नै तिमी बाट टाढा जान चाहान्छु ।
उस्ले अतित म पनि तिमि लाई मन पराउछु र माया पनि गर्छु तर यो होइन कि तिमी सङ्ग सधै साथ बस्नु पर्छ भन्ने ।पिल्ज हामी साथी भएर बसौ केही केहि समय हामी एकाअर्को लाई बुझ्ने कोसिस गरौ ठिक भयो भने सधै सङै बसौला ।
फेरि लभ जस्तो कुरा सधै भरी लाई गर्नु पर्छ र जिन्दगी भरी लाई साथ दिनु पर्छ पहिला हामी हरु एक अर्को लाई बुझेर मात्रै लभ गरौ ला हुन्न र ।
मलाइ पनि ठिकै लाग्यो हुन्छ अब बाट हामी साथी भनेर हात दिए उस्ले नि साथी भनेर हात दिइन दुवै जना को ओठ मा हासो र मन्द मुस्कान थियो ।
म अब जान्छु है स्नेहा भनेर उ बाट छुटेर अफिस भन्दा बहिर आए अनि अफिस भन्दा पछाडी ठूलो चौतारो थिए । त्येहा गएर बसे ।
मन मा धेरै कुरा खेल्न थाले अब म के गरु कस्तो बिड्मना उता कला मेरो हुन चाहान्छे अनि यता स्नेहा को हुन चाहान्छु अब म बिच मा छु कला लाई छोडेर स्नेहा रोजु कि स्नेहा लाई छोडेर कला लाइ धेरै बेर सम्म त्येही बसिरहे …..

क्रमश:
तपाई को माया तपाईं को साथ र तपाईंहरु ले दिएको हौसला र सुझाव ले नै राम्रो कथा लेख्ने उर्जा दिएको छ । सबै जना लाई ह्रदय देखिनै धन्यवाद दिन चाहान्छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *