आनन्दको यस्तो रोमान्टिक पोस्टले सोनम यस्तो के बोलिन “लभ यु…. अब बेडमा आउनुहोस्।”

बलिउडकि सुन्दर अभिनेत्री तथा फेशन स्टार सोनम कपूर आफ्नो फेशन सेन्स तथा स्टाइलको कारण सधैं नै चर्चामा रहने गर्छिन्। उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र आफ्ना पतिसँग थुप्रै फोटो तथा भिडियो साझा गरिरहेकी हुन्छिन्। उनले २०१८ मा धनाड्य आनन्द अहुजासँग विवाह गरेकी हुन्। उनीहरुको विवाह भएको ८ मे २०२१ मा तीन वर्ष भइसकेको छ।

आफ्नो एनीभर्सरीको २० दिनपछि आनन्दले आफू र सोनम सँगै भएको फोटो साझा गरेका छन्, जुन अहिले निकै चर्चामा रहेको छ। रोमान्टिक फोटो साझा गर्दै आनन्दले आफूले आफ्नो एनीभर्सरीको दीन फोटो हाल्न नपाएकोले अहिले हालेको पनि बताएका छन्। उक्त फोटोमा सोनमले यस्तो प्रतिक्रिया दिएकी छिन् जसले अहिले निकै चर्चा बटुलीरहेको छ।

आनन्दले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो र सोनमको ३ ओटा फोटो साझा गरेका छन्। सबै फोटोमा उनीहरु बीचको माया प्रेम देख्न सकिन्छ। र यसमा सोनमको कमेन्टले त यसलाई झनै चर्चाको विषय बनाएको छ। सोनमले यस पोष्टमा कमेन्टमा लेखेकी छिन्, “लभ यु…. लभ यु…. लभ यु….. अब बेडमा आउनुहोस्।” आनन्दको यो पोस्ट सामाजिक सञ्जालमा धेरै मन पराइएको छ र यो भन्दा बढी सोनमको यस टिप्पणीले सबैको ध्यान खिचेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *