आज को राशिफल एक चोटि पढेर दैनिकी सुरु गर्नु होस लाभदायी हुन सक्छ । २०७८/०२/१४गते

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिन राम्रो छ साथिभाइ सङ्ग भेट गर्न मौका मिल्ने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । स्वास्थमा केही सुधार आउने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ । आज को दिन एकदम राम्रो छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ । तर स्वास्थमा केही समस्या देखिन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।अरु दिन भन्दा आज धेरै खुसी हुन सकिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । आजको दिन होसियार रहनु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला । आजको दिन सजक भएर बस्नु होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् , तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

राशिफलमा जे जस्तो देखिएता पनि मेहेन्त र परिश्रमले तपाईं लाई सधै सफलतामा पुराउनेछ र तपाइको आफ्नो होसियारि तपाइको आफ्नो हेरचाहले आफ्नो स्वास्थ मा केहि खराब आउन सक्दैन त ।।

घरमा बसौ , कोरोना बाट बच्यौ र अरु लाई नि बचाउ ।।

मिति २०७८/०२/१५ गतेको राशिफल भोलि बिहान 8:00 बजे पढन सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *