स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजना पक्राउ

स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ परेका छन् । प्रहरीले वीरगञ्जबाट बाराको प्रसौनी गाउँपालिका– ६ बस्ने २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाललाई पक्राउ गरेको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनीहरुले अवैध वित्तिय कारोबार (हुण्डी) गरिरहेका छन् भनेर सूचना आएपछि उनीहरुमाथि निगरानी गर्ने क्रममा बिहीबार बिहान २४ लाख रुपैयाँसहित जैसवाललाई नियन्त्रणमा लिएको थियो । पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार पक्राउ परेका अर्का व्यक्ति गुप्ताको डेरामा खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको बताए ।

स्रोत नखुलेको रकम सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा थप अनुसन्धान अघि बढाइएको उनले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *