आज लगातार दोस्रो दिन कोरोना संक्रमित भन्दा निको हुनेको सङ्ख्या बढी !



बिहिबार थप ६ हजार ९३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

थप २० हजार ४१४ जनाको पिसिआर परीक्षण तथा ५७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ६ हजार ७३१ तथा एन्टिजेनबाट २०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख ९८ हजार ६४ जना पुगेको छ । हाल १ हजार ९ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म ४ लाख १८ हजार ८२९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७७ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार ४७६ सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १०६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ६ हजार ९५१ पुगेको छ।उपत्यकामा दुई हजार भन्दा धेरै सङ्क्रमित।काठमाडौँ उपत्यकामा पछिल्लो समय २ हजार ३६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *