यी युवक एक बर्षमै २३ बच्चाका पिता बनेपछि….

एक युवक एकै वर्षमा २३ बालबालिकाका जैविक पिता बनेपछि यो बिषयले निकै चर्चा पाएको छ । भने ती युवक अनुसन्धानको घेरामा तानिएका छन्।

सुरुमा सौखले स्पर्म डोनेट (वि-र्य दान) गर्न सुरु गरेका उनले त्यसलाई पूर्ण पेसानै बनाए। घटना अष्ट्रेलियाको हो। एलन फाम नामक ती युवक स्पर्म डोनेट गरेर चर्चामा आएका हुन। आफ्नो नस्लका कारण महिलाहरु आफूलाई मन पराउँने गरेको उनको दाबी छ।डेली मेलको रिपोर्ट अनुसार एलेन आफै दुई बच्चाका बुबा हुन्। तर, उनले गोप्य रुपमा स्पर्म दान गरेर अरु महिलाबाट करिब २३ बच्चा पैदा गरेका छन्। उनले रेजिष्टर्ड फर्टिलिटी सेन्टरमा स्पर्म दान गर्छन।

अस्ट्रेलियाको ब्रिस्बोनमा बस्दै आएका ४० वर्षीय एलनमाथि हाल अनुसन्धान भइरहेको छ। केही फर्टिलिटी क्लिनिकहरूले एलन विरुद्ध उजुरी दिएका थिए।उनीमाथि वैध क्लिनिक बाहेक गोप्य रुपमा पनि वी-र्य दान गरेको र निर्धारित सीमा भन्दा बढी बच्चा उत्पादन गरेको आरोप छ।भिक्टोरियाको फेमिली कानूनमा एक व्यक्तिले केवल १० जनाको परिवार सिर्जना गर्न सक्ने उल्लेख छ। तर, एलनले भने वी-र्य दान स्वीकार गर्नु आफ्ना लागि निकै कठिन हुने बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *