नाठोसंग २ हप्ता बसेर गल्ति भयो भन्दै श्रीमतीले श्रीमानसंग माफी मागेपछि के भयो, भिडियो सहित

हेर्नुहोस् भर्खरै नाठोसंग २ हप्ता बसेर गल्ति भयो भन्दै श्रीमतीले श्रीमानसंग माफी मागेपछि के भयो, भिडियो सहित, आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ । यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घटनाले अहिले चर्चा बटुली रहेको हामीले देख्न सक्छौ । उनकी श्रीमती फोनको कारणले रिसाएर हिडेकी थिइन् ।

श्रीमानले अर्कै पुरुषसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमतीसंग विवाद भएको थियो । तेज परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसैसंग जा भनेर श्रीमानले भनेपछि विमला राई घर छोडेर हिडेकी थिइन् साथै उनी धेरै दिन पछि मोरगंमा फेला परिन् ।

सुरुमा त श्रीमानसंग म घर फर्केर आउँदिन भनेकी थिइन् तर श्रीमानले उनलाई फकाएर ल्याएका थिए । बलबहादुर दर्नाल र विमला राई अहिले खुसी साथ घर फर्किएका छन् । मलेसियामा बस्ने तेज परदेशी राईका कारण उनीहरू श्रीमान श्रीमती बीच विवाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला श्रीमान सँग यतिबेला घर फर्केकी छिन् । श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाएपछि संखुवासभावाट उनी श्रीमती लिन कानेपोखरी पुगेका थिए ।

बिमलाले यस्तो भन्छन् तेज परदेशी राईलाई दोशी भन्नेहरुलाई म भन्छु त्यसमा म पनि दोशी हो । मैले पनि उहाँसंग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफुलाई पनि निकै पछुतो लागेको उनले बताएकी छन् । मैले बेकारमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी तेज परदेशी राईसंग कुरा गर्दा तिम्रो श्रीमान निकै रोएका छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झाएको पनि उनले बताएकी छन् ।

उनले तिनलाई दाई नै भन्ने गरेको र यतिबेला उनीसंग सबैसामु माफी समेत मागेकी छन् । उनले अब देखि विदेशमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने समेत बताएकी छन् । मैले आफ्नै तरिकाले घर छोडे तर आरोप दाईलाई आयो । म माफी चाहन्छु भनेर मुस्कुराउदै बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *