कोरोनाभाइरसको उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको ९० दिनको अल्टिमेटम

कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् ।बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र यसको रिपोर्ट पेश गर्न आदेश

कोरोना भाइरसको संक्रमणको सबैभन्दा पहिलो मामिला डिसेम्बर २०१९ मा चीनको ऊहान शहरमा भेटिएको थियो । त्यतिबेलादेखि हालसम्म संसारभरी यसका १६ करोड ८० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् र कम्तीमा ३५ लाखको ज्यान गइसकेको छ ।

चिनियाँ प्रशासनले संक्रमणको पहिलो सम्बन्ध ऊहानको एउटा सीफूड मार्केटसँग भएको पाएको थियो । वैज्ञानिकले यो भाइरस जनावरबाट मानिसमा पुगेको मान्यता राखेका छन् ।

तर हालै अमेरिकी मिडियामा सार्वजनिक भएको खबर अनुसार केही प्रमाण यस्ता पनि छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भन्नेतफए इशारा गर्दछ ।

तर चीनले यसलाई ठाडो अस्वीकार गर्ने गर्छ । साथै चीनले यो भाइरस अमेरिकाको कुनै प्रयोगशालाबाट निस्किएको बताउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *