ओलीविरुद्ध नेपाल समूह एकढिक्का, योगेश र गोकर्ण पनि माधव क्याम्पमै फर्किए !

नेकपा (एमाले)का कारबाहीमा परेका झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना नेताहरूले सामूहिक वक्तव्य निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमविरुद्ध एकजुट हुन आग्रह गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

संसद् विघटनविरुद्ध अदालत जान आनाकारी गरेका योगेश भट्टराई र गोकर्ण विष्ट ओलीविरुद्धको संघर्ष आह्वानमा उभिएका छन् । पछिल्लो समय एमालेका निवर्तमान सचिवसमेत रहेका योगेश भट्टराई पार्टी मिलाउन सक्रिय रहेका थिए । काठमाडौंका याक एण्ड यति होटलमा अबेर रातिसम्म पार्टी विवाद साँघु¥याउने विषयमा छलफल भएको थियो ।

तर, भोलिपल्ट मध्याह्न नहुँदै भाँडिएको थियो । त्यो दिन दुवै पक्षलाई छलफलमा बस्ने वातावरण बनाउन योगेशले पनि भूमिका खेलेका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित २६ सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार हुँदै गठबन्धनका पक्षमा उभिँदा योगेशले शीतल निवास जानु वाञ्छनीय ठानेका थिएनन् । ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु,’ नेपालसहितका नेता शीतल निवासबाट फर्किएपछि योगेश भट्टराईले फेसबुकमा लेखेका थिए ।

यता गोकर्ण विष्ट पनि पछिल्लो समय पार्टी मिलाउन नै केन्द्रित थिए । कार्यदलमार्फत् विवाद साँघु¥याउनुपर्ने उनको भनाइ थियो । र त, उनी राष्ट्रपति विद्यादेपी भण्डारीको आह्वानअनुसार विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै शीतल निवास जान र संसद् विघटनविरुद्ध अदालत जान दुवैतिर छलिएका थिए । तर, बुधबार दुवै नेता ओलीविरुद्धको मोर्चामा जोडिएका छन् । बुधबारको वक्तव्यले खनाल–नेपाल समूहका सबै स्थायी कमिटी सदस्य एक ठाउँमा उभिएको सन्देश दिएको नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *