सरकारलाई दिएको समर्थन फिर्ता लिएन ,ओलीलाई सुदरपश्चिमवाट आफ्नै सांसदले दिए चुनौती ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले २४ घण्टा भित्र आफ्ना मन्त्रीलाई सरकार छोड्न दिएको निर्देशन सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले अस्वीकार गरेको छ । एमालेको स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै २४ घण्टा भित्र मन्त्री पदवाट राजिनामा दिन निर्देशन दिएको थियो ।

एकदिनको अन्यौलपछि नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बुधबार बिहान बसेको थियो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सो बैठक बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

.बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद अमर साउँदले जानकारी दिए । सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । साथै एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता नभए कारबाही गर्ने चेतावनीसहित निर्देशन जारी गरिएको थियो । तर केन्द्रको निर्देशनलाई चुनौती दिँदै प्रदेश संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

एमालेको माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्रलाई चुनौती दिएको हो । पार्टी केन्द्रले नेपाल पक्षमा प्रदेश सांसदमाथि कारबाही गरेमा सुदूरपश्चिम सरकार संकटमा पर्ने छ । त्यसको अवस्था विपक्षी दल नेपाली काँग्रेसको समर्थन माओवादी सरकारलाई अनिवार्य बन्ने छ ।

बैठकमा एमालेको ओली समूह पनि सहभागी भएको थियो । बैठकमा सहभागी एक सांसदका अनुसार एमालेका २१ जना सांसद बैठकमा उपस्थित भए तीमध्ये ३ जना ओली समूहका सांसद थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *