मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ

कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।

मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ,’ यो सरकारको छ के पारा ? दुष्ट, भ्रष्ट ज्यानमारा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । महामारीमा मतपत्रको षडयन्त्र छाडेर संक्रमितलाई अक्सिजन र जनतालाई खोपको व्यवस्था गर्न तथा गरिब जनतालाई गाँस र बासको व्यवस्था गर्न पनि आन्दोलनले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *