सिपिएलमा शाहरुख खानले सन्दिपलाई आफ्नो टिममा गरे अनुबन्ध

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले किरन पोलार्डको कप्तानीमा रहेको ट्रीनबागो नाइट राइडर्सबाट यो शिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । सिपिएलको आधिकारिक ट्विटर आज मंगलबार एक ट्विट गर्दै उक्त कुराको जानकारी दिएको छ ।

ट्रीनबागो नाइट राइड बलिउड नायक शाहरुख खानको टिम हो । नाइट राइडर्समा कप्तान पोलार्ड सहित सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, ड्वेन ब्राभो, अली खान, सिकन्दर राजा लगायतका खेलाडी छन् । केहि दिन अगाडि जमैका तलावाजले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी रिलिज गरेको थियो ।

सन्दिपले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेले। उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरे।

गतबर्ष सन्दीपलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। जहाँ सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सन्दीपले गत सिजन ११ खेलमा १२ विकेट लिएका थिए। यस शिजनको सिपिएल आगामी २८ अगस्ट देखि १९ सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा हुने तय छ।

आसन्न नवौँ संस्करणको सीपीएल सेन्ट किट्समा आयोजना हुँदैछ। सेन्ट किट्सको वार्नर पार्कमा हुने प्रतियोगितामा कुल ३३ खेल हुनेछ। यसपटक मैदानको क्षमताभन्दा आधा समर्थकलाई प्रवेश दिइने भएको छ। आठ हजार दर्शक क्षमताको मैदानमा ४ हजारले मैदान गएर हेर्न पाउने छन्। प्रतियोगिता आयोजना हुने सेन्ट किट्समा अहिले कोरोना संक्रमित छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *