किसान सम्म पुग्दैन् : कृषि बजेट

बजेट बन्ने सयममा सधैंजसो बहसमा नछुट्ने विषय हो कृषि क्षेत्र, तर चर्चा गरेजस्तो काम कहिल्यै हुँदैन । यो पटक चुनावी सरकारले ल्याउने बजेटमा के अपेक्षा गर्ने त ?कृषि विज्ञहरु जननिर्वाचित सरकारले समेत हेलाहोचो गरेको कृषि क्षेत्रलाई कामचलाउ सरकारले गतिला कार्यक्रम दिने अपेक्षा गर्न नसकिने बताउँछन् ।

उनीहरुका अनुसार प्रधानमन्त्रीले ‘पपुलिष्ट’ बजेट ल्याउन चाहेकाले केही वितरणमुखी कार्यक्रम आउनसक्छ, तर त्यस्ता योजनाले कृषिको विकासमा खासै योगदान दिने छैन । एक अधिकारी भन्छन्, ‘लोक रिझाउने नाराअनुसार कृषिको दीर्घकालीन हित गर्ने नीति आएर कार्यान्वयनमा जाने छाँटकाँट देखिएन ।’अर्थविद् डा. डिल्लीराज खनाल रोजगारीमा जोडिने गरी व्यावसायिक कृषि विकासको कार्यक्रम बजेटमा पर्नुपर्ने बताउँछन् । महामारीले अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाव घटाउन पनि कृषि र रोजगारीलाई महत्व दिनुपर्ने उनको भनाइ छ ।

अर्थविद्हरु नेपालको बजेटमा कृषि क्षेत्र कहिल्यै मुख्य प्राथमिकतामा नपरेको बताउँछन् । ६० वर्ष अघि अर्थमन्त्री सुवर्णशमशेर राणाले पहिलो पटक संसदमा प्रस्तुत गरेको बजेटमा कृषि क्षेत्रलाई दुई लाख रुपैयाँ विनियोजन गरेका थिए । उनले सिँचाइमा भने १० लाख रुपैयाँ छुट्याएका थिए ।

त्यसयताका बजेट केलाउँदा पञ्चायत, प्रजातन्त्र र गणतन्त्रसम्मका सरकारले ‘कृषि विकास’लाई कहिल्यै मुख्य प्राथमिकतामा पारेको पाइँदैन । आगामी बजेटमा पनि कृषिले महत्व नपाउने कृषि मन्त्रालयलाई दिइएको सिलिङबाट नै स्पष्ट भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *