प्रियंकालाई व्याथा लागेको महसुस हुदा आयुष्मानले स्याहार गरेको भिडियो सार्वजनिक ।(भिडियो सहित)

नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय: नायिका प्रियंकाका गतिबिधि सामाजिक सञ्जालमा निकै चर्चामा आउछन् । उनले सेयर गर्ने तस्बिरहरु सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् ।

यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे ।

त्यसपछ पेटमा रहेको बच्चा लाई जुस खुवाउन खोजेको दृश्य ट्रोल पनि बन्यो । प्रियंकाले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु युट्युवमा अपलोड गर्दै आएका छन् ।

ब्लग बनाएर दुबैजनाले भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन युट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् ।

यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ६३ हजार बढीपटक हेरिएको छ । भिडियोमा प्रियंका बिहान उठेदेखी साँझसम्म गर्ने गतिबिधिलाई समेटिएको छ । आयुष्मानले बिहानी प्रियंकालाई उठाए देखी खाना बनाएर खुवाएको प्रियंकाको खुट्टा मालिस गरिदिएको लगायत देख्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक:- https://youtu.be/KdWO3UnZhRY

Leave a Reply

Your email address will not be published. Required fields are marked *