नेपालमा ६७०० को मृ”त्यु , कोरोना मुक्त हुने सङ्ख्या ४ लाख माथि, (तथ्याङ्क सहित)

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६३६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन २२ हजार ३०६ जनाको पीसीआर परीक्षण र ६३० जनाको एन्टीजिन परिक्षण गर्दा कुल ८ हजार ६३६ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १६९ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ६ हजार ७०० पुगेको छ ।

यस दिन मुलुकभर ६ हजार ४०४ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ लाख ४ हजार ८८७ पुगेको छ। अहिले नेपालमा १ लाख १७ हजार २६१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *