आज जेठ ११ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)मानसिक रुपले स्वस्थ रहनुहुनेछ। हराएको सामान भेट्न सक्नुहुनेछ। आफ्नो विचार र आवेशलाई ध्यान राख्नुहोला। विदेशी व्यापारसँग सम्बन्धित व्यक्तिले सफलता प्राप्त गर्नेछन्। बौद्धिक चर्चामा विवादलाई टालेर समाधानकारी व्यवहारअपनाउनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)दिनभरी तपाईको मनमा आनन्द छाईरहनेछ। कार्यमा व्यवस्थित रुपले अगाडी बढ्नु हुनेछ। योजना अनुसार कार्य गर्नुहुनेछ। अपूर्ण कार्य सफलता पूर्वक पूरा गर्न सक्नुहुनेछ। कार्यालयमा सहकर्मीको सहयोग मिल्नेछ। माईतबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। मानसिक रुपले आनन्दित रहनुहुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)तपाईको दिन मध्यम रहनेछ। नयाँ कार्य आरम्भ नगर्नुहोला। जीवनसाथी र सन्तानको विषयमा चिन्ता रहनेछ। जसकारण मनमा निराशा रहनेछ। खर्च बढ्नेछ। तरपनि विधार्थीको लागि अनुकूल समय रहेको छ। सकेसम्म वादविवाद टाल्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)शारीरिक उर्जा र मानसिक प्रसन्नता बनाईराख्न कष्ट हुनेछ। छातीमा पीडा अथवा अन्य विकारले कष्ट भएको अनुभूति हुनेछ। घरमा सदस्यसँग उग्र चर्चा वा वाद-विवाद हुँदा मन दुख्नेछ। सामाजिक रुपले मानहानिको प्रसंग उपस्थित नहोस् यस कुराको ध्यान राख्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)कार्य सफलता र प्रतिस्पर्धिलाई जितेर विजय मिल्दा मनमा प्रसन्नता छाईरहनेछ। भाई-बहिनीसँगको सम्बन्धमा मिठास रहनेछ। मित्र र आफन्तसँग कुनै रमणीय स्थानमा घुम्न जानुहुनेछ। तपाईको स्वास्थ्य स्वस्थ रहनेछ। आर्थिक रुपले लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)तपाईको दिन शुभ रहनेछ। बोलीको कोमलताले अन्य मान्छेको मनमा सकारात्मक छाप छोड्न सक्नुहुनेछ। पारिवारिक वातावरण पनि राम्रो रहनेछ। आर्थिक कार्य पनि सुखपूर्वक सम्पन्न हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला। मित्र र आफन्तसँग भेट हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)प्रत्येक कार्यमा आत्मविश्वास छल्किनेछ। आर्थिक योजना सरलतापूर्वक बनाउन सक्नुहुनेछ। शारीरिक तथा मानसिक रुपले प्रसन्न अनुभव गर्नुहुनेछ। कपडा र आनन्दमा पैसा खर्च हुनेछ। वैचारिक रुपले दृढता रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)तपाईको दिनको समय मनोरंजनमा बित्नेछ। स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछ। मनभित्र चिन्ताको भावना रहनेछ। दुर्घटनाबाट बच्नुहोला। कुटुम्ब तथा आफन्तसँग गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला। हरेक विषयमा ध्यानपूर्वक सोचविचार गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)आर्थिक लाभ र सामाजिक प्रतिष्ठा मिल्नुको साथै पारिवारिक जीवनमा सुख-सन्तोषको भावना अनुभव गर्नुहुनेछ। व्यापारमा लाभ मिल्नेछ। मनपर्ने व्यक्तिसँग सुखद क्षण बिताउनु हुनेछ। मित्रसँग रमणीय स्थानमा घुम्न जानुहुनेछ। अविवाहितको लागि वैवाहिक योग रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)व्यापारको क्षेत्रमा पैसा, मूल्य र प्रतिष्ठा बढ्नेछ। उच्च अधिकारीहरु खुशी हुनाले पदोन्नति हुनेछ। सरकार, मित्र तथा आफन्तबाट लाभ प्राप्त हुनेछ। घरायसी जीवनमा आनन्द अनुभव गर्नुहुनेछ। सन्तानको प्रगतिले सन्तोषको भावना रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)शारीरिक रुपले अस्वस्थ रहँदा पनि मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। साथै काम गर्न उत्साहमा कमी आउनेछ । रोजगारमा उच्च पदाधिकारीबाट सम्हालेर रहनुहोला। घुमफिर र मनोरंजनमा पैसा खर्च हुनेछ। सन्तानको सम्बन्धमा चिन्ता रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)आकस्मिक धनलाभ हुने योग रहेको छ।  मानसिक तथा शारीरिक श्रमको कारण कारण स्वास्थ्य खराब हुन् सक्छ। साथै खर्च  वृद्धि हुनेछ। जलाशयबाट टाढा रहनुहोला। अनैतिक कामवृत्तिमा विशेष ध्यान राख्नुहोला।  आध्यात्मिक विचारले कष्ट कम  गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *