बहुप्रतिभाका धनि प्रमोद खरेल गीत पनि गाउछन कलेज पनि पढाउछन, हेरौ तस्बिरहरू

प्रमोद खरेल यो नाम ससुन्ने सायद कमै होलान् । साना-साना देखि वृद्धहरुले पनि उनको नाम सुनेकै छन् । प्रमोद खरेल नेपाली संगीत क्षेत्रका जल्दाबल्दा गायक हुन् । उनले एकपछि अर्को हिट गीत गाउदै आएका

खरेलको जन्म वि.सं २०३७ साल कार्तिक १० मा बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको पहिलो सन्तानको रूपमा भएको थियो। उनी अहिले ४१ बर्षका भएका छन ।अहिले उनी भ्वाईस अफ नेपालको जज पनि भएका छन् । भ्वाइसको तिनै सिजनमा जज बसेका प्रमोदको पढाइ पनि राम्रो छ । भ्वाईसमा उनको बोल्ने शैले, जस्तो छ त्यस्तै कमेन्ट गर्न सक्ने क्षमता सबैले मन पराउछन ।

अघिल्लो सिजनमा उनकै टिमले भ्वाईसको उपाधी जितेको थियो । उनका बुबा, आमा दुबै शिक्षक हुन् । बाले पढाउने स्कुल घरभन्दा केही पर थियो भने आमाले पढाउने घर नजिकै थियो जब कक्षा ६ मा पुगे, उनलाई नामको पछाडी बाबु शब्द मन परेन । कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई भने, ‘सर, मेरो नामको पछाडीको बाबु काट्दिनुस् न ।’ शिक्षकले सरक्क नाम काटिदिए । त्यसपछि उनी प्रमोद मात्रै भए ।

उनको मामाघर सिक्किम । मामाघर पुग्न पुरै एक दिन लाग्थ्यो । ठुलै साइत नजुराई मामा घर जान सम्भव थिएन । दुई-तीन वर्ष बिराएर दसैंमा पुग्थे । परिक्षा सकिएपछि एक महिना छुट्टी हुन्थ्यो । त्यो वेलामा आफन्तकोमा जाने चलन थियो । फेसनको मामलामा पनि उनी निकै सिधा थिए । मलाई यो चाहियो कहिल्यै भनेनन् । घरमा बा-आमाले जे ल्याइदिन्थे त्यहि लगाउँथे । प्राय नयाँ लुगा दसैं र परिक्षा सकिएको बेला किन्ने चलन थियो ।

जुत्ता जरुरी थिएन । चप्पलमै चलेको थियो स्कुले जिन्दगी ।साइकलका सौखिन थिए । एक दिन बाले सोधे, ‘साइकल किनिदिउँ ?’ प्रमोद आफैंले सर्त राखे ‘आठ कक्षामा स्कुल टप गरेँ भने किन्दिनु ।’ नभन्दै आठ कक्षा स्कुल टप गरे । अनि बाबाले साइकल किनिदिए । ७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भर्ना भए । एसएलसीमा जिल्ला टप गरे । उनले सोचे अब डाक्टर बन्नुपर्छ ।

एडभान्स कोर्स गर्नका लागि काठमाडौ आए ।एमबीबीएसको परिक्षा पनि दिए तर, नाम निस्केन । त्यही बेला काठमाडौंमा एफएमको बाढी सुरु भएको थियो । प्राय सबै एफएमले गीत संगीतलाई उच्च प्राथमिकता दिन्थे । काठमाडौ आएको दुई वर्षमा उनी यसरी संगीतमा भिजे, डाक्टर बन्न काठमाडौ आएको केटो कुशल गायकको रुपमा स्थापित भयो । यस्तै उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए। उनले विगतमा पिरामिड कलेज र ह्वाइट गोल्ड कलेजमा प्रवक्ताको रूपमा काम पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *