मेस्सी र रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडी हुन् लेवान्डोस्की !

कार्ल-हेन्ज रुम्मेनिगेका अनुसार बार्यन म्युनिख स्टार रोबर्ट लेवान्डोस्कीले उनी बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट रहेको प्रमाणित गरिसकेका छन्। ३२ वर्षीय स्ट्राइकर पछिल्ला केहि सिजनबाट निकै उत्कृष्ट लयमा रहेका छन्।

३२ वर्षीय स्ट्राइकरले यस सिजन बुन्डेसलिगामा २९ खेल खेल्दै रेकर्ड ४१ गोल गर्दै बार्यनलाई लिग उपाधि जिताउन मुख्य भूमिका खेले। उनले १९७१-७२ मा जर्मन दिग्गज गर्ड मुलरले एकै सिजनमा ४० गोल गरेर बनाएको रेकर्ड तोडेका हुन्। उनको यो यस सिजन ४८ औं गोल थियो।

यस्तोमा बार्यनका सीइयो रुम्मेनिगे विश्वस्त छन् कि युभेन्टस स्टार रोनाल्डो र बार्सिलोना आइकन मेस्सीको उपस्थितिको बावजुद पनि पोलिस स्ट्राइकर सर्वोत्कृष्ट खेलाडी हुन्। उनले वर्चुल्ना पोल्स्कासँग कुरा गर्दै भने, “उनले फिफा वर्ष सर्वश्रेष्ठ खेलाडीको पुरस्कार पाएका छन्, त्यसैले मेरो लागि यो कुरा निकै स्पष्ट छ।”

उनको बिचारमा हाल लेवान्डोस्की मेस्सी र रोनाल्डो भन्दा निकै उत्कृष्ट खेलाडी हुन्। विश्व फुटबलमा किलियन एम्बाप्पे जस्ता उत्कृष्ट युवा खेलाडीको उदय भएता पनि बार्यन स्टार नै सर्वोत्कृष्ट रहेको उनले बताए।

पछिल्लो सिजन ३४ गोल गर्न सफल भएका पोलिस स्ट्राइकरले यस सिजनको सुरुवातबाट नै निकै उत्कृष्ट प्रद्रर्शन गर्दै आएका थिए। तर सिजनको अन्त्यतिर आउँदै गर्दा चोटग्रस्त भएपछि उनको एक सिजनमा ४० गोल गर्ने सपना अधुरो नै रहने देखिएको थियो। तर चोटपछि निकै उत्कृष्ट पुनरागमन गर्दै उनले लिगको अन्तिम खेलको ९० औं मिनेटमा बुन्डेसलिगा सिजनको ४१ औं गोल गर्दै ४९ वर्ष पुरानो रेकर्ड तोड्न सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *