बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो। केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनीहरु घर फर्किएका थिए।

यो पनि पढ्नुहोस् :-

कोरोना संक्रमितहरुको उपचारका लागि शय्या अभाव झेलिरहेको सेती प्रादेशिक अस्वतालमा १ निर्माधिन भवन भने लामो समयदेखि अलपत्र परेको छ।संघीय सरकारको १८ करोड ७४ लाख बजेटमा संघीय सहरी विकास तथा भवन निर्माण विभागले अस्पतालको प्रसुती सेवाको लागि निर्माण थालेको भवन अलपत्र परेको हो।

२०७४ कार्तिक २८ गते निर्माणको सम्झौता भएको भवन अझै निर्माण पुरा नभएको हो। तर सरोकारवाला निकाय भने बेखबर भएको पाइएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि अहिले आकस्मिक कक्ष, अर्थो कक्ष तथा अस्पतालको प्रांगणमा समेत संक्रमितको उपचार थालिएको छ। सेती प्रादेशिक अस्पताल प्रशसनका अनुसार शुक्रबार दिउँसोसम्म १ सय ८ जना संक्रमितको उपचार हुँदैछ।

बुधबार र विहिबारको तुलनाको संक्रमितको संख्या कम भएपनि अस्पतालको लागि भवन अभाव छ। तर अस्पताल प्रशासनसँगै जोडिएको निर्माणधिन एक भवन निर्माण कार्य भने अलपत्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *