एक-अर्कासँग कहिल्यै कुरा मिल्दैन यी राशिका भाई-बहिनीको, सधैं गर्छन् लडाई-झगडा !

भनिन्छ कि भाइ-बहिनीको सम्बन्ध संसारमा सबैभन्दा प्यारो सम्बन्ध हो। यसमा प्रेम पनि हुन्छ र लडाई पनि। तर कुनै राशिका मानिस यस्ता हुन्छन् जो अपासमा झगडा-लडाई मात्र गर्छन्। र यी राशिका मानिस यदि भाई-बहिनी छन् भने उनीहरु निकै खराब भाई-बहिनी बन्छन्। खराबको मतलब यहाँ एक-अर्कासँग झगडा गर्ने मात्र हो। ज्योतिष शास्त्रका अनुसार यी राशिका भाई-बहिनी बीच प्राय: झगडा-लडाई मात्र भइरहन्छ।

यी राशिका भाई बहिनीहरूको बारेमा कुरा गर्दा मेष राशिका मानिसहरू अरूको बारेमा नसोच्ने र आफ्नो बारेमा मात्र सोच्ने किसिमका हुन्छन्। मेष राशिका मानिस हतारमा निर्णय लिने गर्छन्।अर्कोतर्फ, वृष राशिका व्यक्ति धेरै संकल्पित हुन्छन् तर सजिलैसँग व्यवहार गर्दैनन्। यस्तो अवस्थामा यी दुई बीच मदभेद हुने सम्भावना हुन्छ। तर जब आवश्यक पर्छ तिनीहरू सधैं एक अर्काको साथमा हुन्छन्।

धनु र कर्कट राशि गरेका भाई-बहिनी बीच पनि निकै लडाई-झगडा हुन्छ। वास्तवमा, कर्कट राशिका मानिस चुपचाप र शान्तपूर्वक रहन मन पराउँछन्। तिनीहरु धेरै भावनात्मक र संवेदनशील हुन्छन्।अर्कोतर्फ धनु राशिका व्यक्तिहरू आफ्ना दाइ / दिदीबहिनीको भावनात्मक आवश्यकतालाई राम्ररी बुझ्छन् तर उनीहरुलाई चोट पुर्‍याउने प्रयास गर्छन्। त्यसैले, तिनीहरु बीच निकै लडाई-झगडा भइरहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *