भोलि वैशाख ७ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)शारीरिक र मानसिक रूपमा शिथिल अनुभव गर्नुहुनेछ। अधिक परिश्रम गर्दापनि सफलता प्राप्त हुनेछैन। सन्तानको विषयमा चिन्ता रहनेछ। कार्यको भागदौडको कारण परिवारप्रति ध्यान कम दिनुहुनेछ। सार्कारी कार्यबाट लाभ प्राप्त हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)दृढ मनोबल र आत्मविश्वासको पूरा सहयोग मिल्नेछ। कार्यको फल पनि सोचेअनुसार प्राप्त गर्नुहुनेछ। माईतिबाट लाभदायी समाचार प्राप्त गर्नुहुनेछ। अभ्यासमा रुचि राख्नुहुनेछ। सरकारी क्षेत्रमा लाभ प्राप्त गर्नुहुनेछ। सन्तान पछाडी खर्च हुनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)नयाँ परियोजना प्रारम्भ गरंको लागी शुभ दिन रहेको छ। सरकारको तर्फबाट लाभ प्राप्त गर्नुहुनेछ। उच्च अधिकारीहरूबाट राम्रो प्रतिक्रिया पाउनुहुनेछ। चारिक रूपले तपाईमा शिघ्र परिवर्तन आउनेछ। आर्थिक दृष्टिकोणबाट सावधान रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)नकारात्मक मानसिकताले व्यवहार नगर्नुहोला। शारीरिक र मानसिक रुपले अस्वस्थ रहनुहुनेछ। मनमा दुःख र असन्तोषको भावना रहला। आँखामा पीडा हुन सक्नेछ। पारिवारिक वातावरण अनुकूल रहनेछैन। पारिवारिकसँग गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)अधिक मात्रामा आत्मविश्वास रहनेछ। पिता वा अभिभावकबाट विशेष लाभ प्राप्त हुनेछ। सामाजिक रुपलर मान-सम्मानमा वृद्धि हुनेछ। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। साथै स्वास्थ्यको पनि ख्याल राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)शारीरिक रुपले शिथिल र मानसिक रुपले चिन्तित रहनुहुनेछ। मित्र र आफन्तसँग वैचारिक स्तरमा मनमुटाव हुन सक्ला। स्वभावमा उग्रता र रिसको मात्रा रहनेछ। धार्मिक काममा पैसा खर्च हुनेछ। दुर्घटनात्मक खर्च हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)विभिन्न क्षेत्रमा लाभ प्राप्त हुनाले प्रसन्न रहनुहुनेछ। साथै आय वृद्दि हुनेछ। साथीहरुसँग भ्रमण जाँदा खर्च हुनेछ र उत्साहजनक पनि रहनेछ। विवाह गरन उत्सुक हुने व्यक्तिले जीवनसाथी प्राप्त गर्नेछन्। रुचिकर भोजन प्राप्त गर्नुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)तपाईको लागी शुभ दिन रहेको छ। व्यावसायिक स्थलमा अनुकुल  वातावरण प्राप्त  हुनेछ। उच्च अधिकारी खुशी  हुनेछ। कार्य सफलता प्राप्त  गर्नुहुनेछ। मान-प्रतिष्ठा  वृद्धि  होला। घरायसी जीवनमा आनन्दमय वातावरण रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)स्वास्थ्य स्वस्थ रहनेछ। शारीरिक रुपले अशक्ति र आलस्यको भावना रहनेछ। मानसिकरुपले चिन्ता र निराशा रहनेछ। शारीरिक रूपमा आशक्ति र आलस्यको भावना रहनेछ। व्यावसायिक रुपले घाटा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)प्रत्येक कार्य दृढ मनोबल र आत्मविश्वासपूर्वक गर्नुहोला। स्वादिष्ट भोजनको स्वाद र नयाँ कपडा किन्नुहुनेछ। सहकर्मीको सहयोग प्राप्त गर्नुहुनेछ। कुनै ठाउँमा घुम्न जानुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)तपाईको दिन शुभफलदायी रहेको छ। अधिक मनोबल र आत्मविश्वास रहनेछ। शारीरिक रूपले स्वस्थ रहनुहुनेछ। पारिवारिक वातावरण पनि शान्तिमय रहनेछ। प्रतिस्पर्धि समक्ष विजय प्राप्त हुनेछ। आवेश र उग्र स्वभावलाई टाढा राख्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *