फुल बुट्टे सारीबाट चर्चामा आएकी मलिका महतको हेर्नुहोस् चम्चमाउदाे सुन्दरता (तस्बिरहरू सहित)

डल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ ।उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ । मलिका ‘फुल बुट्टे सारी’बाट चर्चामा आएपछि उनले अन्य म्युजिक भिडियो तथा फिल्ममा समेत अफर आएको यदाकदा हल्ला समेत सुनिन थालेको छ ।

सो गीतमा नायक तथा मोडल पल शाहसंग काम गरेकाले उनीहरुको जोडी दर्शकहरुले रुचाउने देखिन्छ। त्यस्तै गत शनिवार सार्वजनिक भएको ‘टाढा भए पनि’को फिमेल भर्सनमा पनि पल शाह र मलिका महतलाइ फिचर्डमा देख्न सकिन्छ ।दर्शकहरूले पल र मलिकाको जोडी सुहाएको प्रतिक्रिया जनाइरहेका छन् । पछिल्लो समय मलिकाले अभिनयमा पनि उत्तिकै निखरता ल्याएकी छिन् । उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ ।लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो ।

यो गीतले छोटो समयमा दर्शकको माया मात्र पाएन, मलिकालाई पनि दर्शकले अत्याधिक मन पराए । यसपछि, उनले नै अभिनय गरेको अर्को गीत ‘टाढा भएपनि’ सार्वजनिक भयो ।यो गीतले युटुमा सर्वाधिक चाडो १ करोड पटक हेरिएको गीतको रेकर्ड नै बनायो । यसपछि भने मलिकाको माग म्यूजिक भिडियोमा अत्याधिक बढेको छ ।मलिकाले आफ्नो माग ह्वात्तै बढेपछि भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक भएको ‘वर आउन माया’ बोलको गीतलाई १ लाख २० हजार पारिश्रमिक वुझेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *