बारालको मृ’त्युले नेपाल प्रहरीमा शोकमय ।

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार बिहान घरमै निधन भएको र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए ।अहिलेको पुस्ताका धेरै प्रहरीलाई थाहा नहुन सक्छ, नेपाल प्रहरीको इतिहासमा खड्गजित बराल यस्ता व्यक्ति हुन्, जो १४ वर्ष सेवा अवधिमै फौजको सर्वोच्च पदमा पुगे । पेन्सनका लागि चाहिने २० वर्ष जागिर अवधि पुग्नु अगावै प्रहरी महानिरीक्षक (आईजीपी) को चार वर्षे कार्यकाल पनि पुरा गरे ।

आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको कार्यकाल दुई वर्ष थपिदियो । जसका कारण बरालले नेपाल प्रहरीको इतिहासमा ६ वर्ष महानिरीक्षक बन्ने दुर्लभ अवसर पाए । त्यसो त उनलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिष्पर्धाको पहिलो ब्याचबाट महानिरीक्षक बन्ने पहिलो अधिकृतका रुपमा पनि चिनिन्छ ।

२००७ सालपछि एकतन्त्रीय राणा शासनविरुद्ध लडेका मुक्ति सेनाका सिपाहीमध्येबाट नेपाल प्रहरी बनाइएको थियो । त्यसैले त्यतिबेलाका प्रहरी प्रमुख मुक्ति सेनाबाट आउनेहरू नै हुन्थे । बराल वि.सं. २०१३ सालमा पहिलोपटक इन्स्पेक्टरका लागि भएको खुला प्रतिष्पर्धाबाट प्रहरी सेवामा नियुक्त भएका अधिकृत थिए ।जानकारहरूका अनुसार त्यतिवेला प्रहरी अधिकृतहरू खासै पढेका हुँदैनथे । बराल भने अपवाद थिए । प्रहरीमा स्नातकोत्तर उत्तीर्ण पहिलो महानिरीक्षकको रेकर्ड पनि उनैले बनाए ।

पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोरा भन्छन्– प्रहरी पाटीपौवामा बस्ने गर्थें । छाना नभएका प्रहरीका लागि भौतिक संरचना बनाउने अभियानको सुरुवात बरालले नै गर्नुभएको हो
भारतको गोरखपुरमा बसेर उनले एमए तहसम्म अध्ययन गरेका थिए । २००७ सालको क्रान्तिमा मुक्ति सेनाका रुपमा उनी केही समय होमिएका थिए ।

तर मुक्ति सेनाको सिपाही बनेको छोटो समयमै नेपालमा राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भयो । नेपाली कांग्रेस, राजा र राणाबीच प्रजातन्त्र स्थापनाको सहमति भयो । बराल चाहिँ सहमतिप्रति असन्तुष्ट पक्षसँग उभिए र विरोधी खेमामा लागे ।
असन्तुष्ट पक्षले भैरहवामा आक्रमणको प्रयास गरे, बरालहरू समातिए । पछि हिंसात्मक गतिविधि नगर्ने सर्तमा छुटेपछि उनी प्रहरी बन्ने प्रतिष्पर्धामा होमिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *