बुधबार सुदूरपश्चिममा ९५३ जनामा कोरोना पुस्टि, १५ जनाको मृ’त्यु, ३९८ जना निको भए

बुधबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १९२६ नमूना पीसीआर तथा ५ वटा सीमानाकामा २७९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २२०५ नमूना परीक्षण गर्दा ९५३ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।


सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १९२६ जनाको नमूना परिक्षण गर्दा थप ८८१ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९२९ नमूना परीक्षण गर्दा ४५३ जना, महाकाली अस्पतालमा ८८ नमूना परीक्षण गर्दा ५२ जना, डडेल्धुरा अस्पतालमा २७८ नमूना परीक्षण गर्दा ९१ जना, डोटी अस्पतालमा ६३ नमूना परीक्षण गर्दा ३५ जना, बैतडी अस्पतालमा १८६ नमूना परीक्षण गर्दा ५३ जना, बझाङ्ग अस्पतालमा १९० नमूना परीक्षण गर्दा ४० जना र अछामको कमलबजार अस्पतालमा १९२ जनाको नमूना परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २ हजार ९०३ नमूना परीक्षण गर्दा ३२ हजार ६६९ जनामा संक्रमण फेला परेको छ। प्रदेशभर संक्रमण पुस्टि भएका १७ हजार १ सय ८१ जनाले कोरोना जितेका छन् भने, ३९७ जनाको मृ*त्यु भएको छ।सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृ*त्यु भएको छ भने, ३९८ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीका ७ जना, कञ्चनपुरका ६, बाजुरा र दार्चुलाका १/१ जना गरी १५ जना कोरोना संक्रमितको मृ*त्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *