४५ वर्षमा पनि यति लोभ लाग्दो सुन्दरता छ शिल्पा शेट्टीकाे (फोटोफिचर सहित)

बलिउड अभिनेत्री शिल्पा शेट्टीको लोभैलाग्दो सुन्दरताले धेरैमा कौतुहलता जन्मिन्छ ।

योग गुरुका रूपमा प्रसिद्ध कमाएकी शेट्टी फिट रहन्छिन् कसरी रु आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी उनको सीडी हेरेर पनि योग सिक्ने जमात निकै ठूलो छ ।

केहिले यूट्युबबाट समेत उनलाई हेरेर सिकिरहेका छन् । शिल्पा शेट्टी राम्रो नाच्नसक्ने नायिकाहरुमा पनि गनिन्छिन् । शिल्पाको लचकदार नाच देखेर पनि कतिपयले योगा जीवनमा आवश्यक छ भन्ने सोच्दछन् ।

यी नायिका ४५ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । फिल्ममा उनले गरेका उत्कृष्ट अभिनय र फिटनेसकै कारण उनी सधैँ चर्चामा रहिरहन्छिन् ।

योग गर्नाले आफ्नो तन र मन दुवै फूर्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ ।

उनी भन्छिन्, तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिन्छ भन्ने मलाई लाग्छ ।

उनी अनुहारलाई आकर्षक देखाउन ठूलो मेहनत गर्छिन् ।

सुन्दर देखिन उनी किहिल्ज अल्ट्रा फेसियल म्वइस्चराइजर प्रयोग गर्छिन् । भित्रि सुन्दरतामा निखार ल्याउनुपर्ने उनको मान्यता छ ।

बिहानको एक घण्टा घाममा अनुहार देखाउँछिन् ।

अनुहारमा जस्तै अवस्थामा पनि उनी साबुन प्रयोग गर्दिनन् । कामबाट फर्किएपछि राति अनुहारको मेकअप हटाउँछिन् र बेबी ओयल तथा नरिवलको तेलले अनुहार क्लिन्जिङ गर्छिन् ।

कपालको हेरचार गर्ने तरिका उनको छुट्टै छ । उनी स्याम्पू र कन्डिसनर बदलिरहन्छिन् ।

एउटै ब्रान्डको स्याम्पू र कन्डिसनर लगाउनाले कपाल बिग्रने उनी बताउँछिन् ।

सकारात्मक सोँच र चिन्तनले जीवन खुसी हुनसक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *