कैलालीमा समुदायमा संक्रमण फैलीएपछि आकस्मिक अटो एम्बुलेन्स सेवा सुरु

कैलालीको गौरीगंगा नगरपालिकामा आकस्मिक अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ।

समुदायमा संक्रमण फैलीएपछि एम्बुलेन्सको अभावमा विरामीहरुले भोग्नुपर्ने समस्यालाई सहज बनाउन अटो एम्बुलेन्स सेवा सुचारु गरिएको हो।

बाच्न र बचाउनका लागी“ नारा सहित गौरीगङ्गा एघार स्पोर्ट्स क्लबको आयोजनामा निशुल्क अटो एम्बुलेन्स आकस्मिक सेवा सुरु गरेको क्लबका अध्यक्ष दिनेश कलेलले बताए।

गौरीगङ्गा नगरपालिका क्षेत्र भित्रका बिरामीहरुलाई अक्सिजन, रगत र औषधि चाहिएमा उपलब्ध गराउने समेत क्लबले जनाएको छ।

नगरपालिका क्षेत्र भित्रका बिरामीहरुलाइ लक्षित गरेर ६ वटा अटो एम्बुलेन्स सेवा एक हप्ताको लागि संचालनमा ल्याईएको क्लबले जनाएको छ।

अटो एम्बुलेन्स सेवालाई निरन्तरता दिईने बताइएको छ। चालकहरूलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *