लमजुङ केन्द्र रहेर बिहानै भूकम्प

गण्डकी प्रदेशअन्तर्गत लमजुङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।

लमजुङ केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।
भूकम्पबाट केही क्षति भए नभएको विवरण आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *